पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिका ७ सुभाङमा आज तमोर नदीले बगाएर एक जना भारतीय नागरिक बेपत्ता भएका छन् ।
बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने तमोरले बगाएको हो । तीन जना भारतीय कामदारहरु तार विस्तार गर्ने क्रममा नदीमा पौडी खेलेर नदी पार गर्न खोज्दा कामदार १९ बर्षीय मन्जुरी हकलाई नदीले बगाएको हो ।
अन्य २ जनाले भने नदी पार गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट प्रहरी टोली खटिएर खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।