ललितपुर: चर्चित गीत सुन साइली..को म्युजिसियन उज्वल महतले आफ्नै भाईकी श्रीमति(बुहारी)को खुकुरी प्रहार गरी विभत्स हत्या गरेका छन् ।

बिहिबार दिउँसोको घटनामा उनी पक्राउ गरेर अहिले प्रहरी हिरासतमा छन् । वैदेशिक रोजगारमा गएका युवाहरुको पीडामा आधारित मर्मस्पर्शी गीत सुन साइली..मा उनले अडियो इन्जिनियरिङ गरेका थिए । प्रहरीका अनुसार बिहीबार भाइ अफिस गइसकेपछि महतले बुहारी २५ बर्षीय अञ्जना लामाको हत्या गरेका हुन् । दिउँसो करिब साढे १ बजे बुहारी अञ्जनालाई खुकुरीले विभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ । उनले बुहारीको हत्या गरिसके पछि आमालाई बुहारी काटे, प्रहरी बोलाउनुस् भनेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

Anjana-death_

प्रहरीका अनुसार बुहारीलाई काट्न प्रयोग गरेको खुकुरी महतले घरको वरण्डामा राखेका थिए । बुहारीको टाउको र हातमा थुप्रै पटक खुकुरीले प्रहार गरेको देखिएको थियो भने घाँटी पनि छिन्न लागेको अवस्थामा थियो । हात आफैको पनि हातको एउटा औला काटिएको छ । शल्यक्रिया गर्नुपर्ने भएपनि धेरै समय लाग्ने भएपछि उनलाई प्रहरी हिरासतमा नै राखिएको डिएसपी खिउजुले बताए ।

परिवारमा राम्रो बोलचाल भएका महत पछिल्लो समय कानको समस्याले अडियो इन्जिनियरिङ गर्न छोडेको बताइएको छ । उनी एक ब्याण्डमा ड्रमसेट बजाउने गर्थे । परिवारमा कसैसँग पनि उनको झैझगडा वा मनमुटाव भएको नपाएको प्रहरीले जनाएको छ । तर, महत आफै केही समयदेखि भने असामान्य मनस्थिति बन्दै गएको जस्तो देखिएको डिएसपीको भनाई छ । साथीभाइमाझमा सभ्य र भद्र छवि बनाएका महतले आफ्नै बुहारीको विभत्स हत्याको घटनाप्रति सबै अचम्मित छन् ।स्रोत:अन्नपुर्णपोष्ट