विराटनगर : सवारी चेकजाँचको क्रममा प्रहरीलाई घुस दिने सुनसरीका एक मोटसाइकल चालक पक्राउ परेका छन् ।
विराटनगर–६ मा सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बिलबुक भित्र राखेर प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने चालकलाई पक्राउ गरिएको हो । को १८ प ४९२२ नम्बरको मोटरसाइकल चालक झुम्का का २८ वर्षिय विनोद सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
सरदारसँग सवारी चालक अनुमति पत्र नभएपछि चेकिङमा खटिएको प्रहरीलाई बिलबुक भित्र राखेर पैसा दिने क्रममा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सरदारलाई प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।