सप्तरी : सप्तरीका बालक अपहरण गरेको आरोपमा चार जना पक्राउ परेका छन् । राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय रामअवतार यादव,३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय जोगवीर यादव र तिरहुत गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्रप्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका बालकलाई प्रहरीले भारत विहारको सीतामढी कुम्भ सिवहरबाट १० दिन अघि सकुशल उद्धार गरेको थियो ।