धरान(डेस्क) : मोरङको विराटनगर महानगरपालिका ५ सम्झना चोक स्थित भित्री सडक खण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ ४ घाइते भएका छन ।
आज बिहान साढे १० बजेको समयमा स ९ प ९७०६ र को ३३ प ४७३४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोरङको विराटनगर महानगरपालिका १० बस्ने बद्यानन्द मण्डल, सिरहाको लहान नगरपालिका ५ बस्ने २५ वर्षीय विनोद अधिकारी र सोही नगरपालिका ८ बस्ने २२ वर्षीय दिनेश साह गम्भिर घाईते भएका छन भने सप्तरीको राजबिराज नगरपालिक (८ बस्ने १९ वर्षीय प्रेम यादब सामान्य घाईते भएका छन । घाईते चारैजनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।