झापा : झापाको कनकाई नदीको पुलमा शंकास्पद वस्तु फेला परेको छ ।

आइतबार बिहानै पुलमा शंकास्पद बस्तु देखिएपछि प्रहरीलाई खबर भएको थियो ।
अहिले सुरक्षाका कारण आवत–जावत बन्द गरिएको र प्रहरी टोलीले सुरक्षा दिइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपाली सेनाको चारआली ब्यारेकबाट बम डिस्पोजल टोली पुगेको छ । शंकास्पद बस्तु कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।