पाँचथर : पाँचथरको फिदिम नगरपालिकामा एक ५८ वर्षीय वृद्ध महिलामाथि सामूहिक बलात्कार भएको छ ।
शुक्रबार मध्यराति तीन जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्नमध्ये ४५ बर्षका धनसिं फागोलाई पक्राउ गरिएको र बाँकी दुई जनाको खोजी भइरहेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।
छिमेकीको बिवाहमा गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको पीडित महिलाले बताएकी छिन् ।