धरान(डेस्क) : मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ पुल छेउमा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २० प ८३९५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ पथरी शनिश्चरे नगरपालिका १० बस्ने ४० वर्षीय प्रदिप लिम्बु गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचारको लागि नरसिङहोम विराटनगर लगिएको थियो । उपचारको क्रममा उनको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।