धरान(डेस्क) : धनकुटाको पाख्रिवास नगरपालिका ८ स्थित अरुण नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन ।

शुक्रबार दिउँसो २ बजेको समयमा लिम्बुनी महाबीर मृत संजिबनी जे.भि. कम्पनीका मिस्त्रि रामेछाप रस्नालु गाउँपालिका ९ बस्ने ५२ वर्षीय रमेश राईलाई पौडी खेल्ने क्रममा नदीले बगाई बेपत्ता बनाएको थियो । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरीको टोली खटि गई खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।