धरान(डेस्क) : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ मा आइतवार अविरल बर्षासंगै खसेको चट्याङ लागरे ७ जना घाइते भएका छन् ।

आइतबार साँझ ७ बजे चट्याङ खसेर सोही ठाउँ बस्ने ३५ वर्षीय रेणुका बिष्ट, निजको छोरी १५ वर्षीय जानुका बिष्ट, ११ वर्षीय अनुषा बिष्ट, छोरा ११ वर्षीय अभिषेक बिष्ट घाईते भएका हुन् । त्यसैगरी सोही ठाउँ बस्ने युवराज कट्वालको छोरी १४ वर्षीय लक्ष्मी कट्वाल सोही ठाउँ बस्ने ७५ वर्षीय खेम कुमारी कट्वाल, ४० वर्षीय पदम कुमारी बिष्ट र ३४ वर्षीय मीना कट्वाल घाइते भएका हुन् । घाइते भएका सबैजनालाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइते सवैको अवस्था सामान्य रहेको छ ।