सुनसरीः ईटहरी उपमहानगरपालिका २० स्थित तरहराबाट प्रहरीले आज एक जना पकेटमारलाई पक्राउ गरेको छ । पाकेट मारेको आरोपमा ईटहरी १९ का २३ बर्षीय सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको बसमा सवार रहेको बेला यात्रुको पकेट मारेर भाग्दै गर्दा प्रहरीले समातेको हो । उनले ईटहरी ५ का ५९ बर्षीय हजारमान तामाङको पाईन्टको गोजी काटेर पकेट मारी अटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले पाकेट मारेको नगद २८ हजार पनि बरामद गरेको छ । बरामद नगदसहित राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।