मोरङ:मोरङको कटहरी गाउँपालिका १ मा गए राती हावाहुरीबाट घर लडेर किच्दा एक जनाको मृत्यु भएको छ ।
राती १ बजे आएको हावाहुरीबाट स्थानीय ५१ बर्षका चन्द्र दासको टाटी बेरा र टिनको छानो भएको घर लडेर किच्दा दासको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय हाडखोलाले जनाएको छ । हावाहुरीले दासको मृत्यु भएको भन्ने विहान ७ बजे खबर पाउनासाथ खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।