धरान(डेस्क) : मोरङको ग्रामथान गाउँपालिका(७ नेता चोकबाट प्रहरीले बालुवासहित मङ्गलबार २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका ५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा को १ त ९७२० र को १ त ३८०२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । ट्याक्टरका दुवै चालक फरार रहेकाले खोजी कार्य भईरहेको तथा बालुवासहित ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरैँचामा राखिएको छ ।