मोरङ:मोरङको बुढीगंगा गाउँपालिका ७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजेको समयमा ईट्टाभट्टाको कम्पाउण्ड वाल बनाउन को २ त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर च्यापिएर चालकको मृत्यु भएको हो ।
ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरका २५ बर्षीय भरत राई घाईते भएका थिए । गम्भीर घाइते राईलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।