पथरी : मोरङ्गको पथरीशनिश्चरे ३ नम्वर वडाले यस आर्थिक वर्षमा आफ्ना वडामा ९० प्रतिशत विकाश निर्माणका काम सम्पन्न भएको जनाएको छ । विहिवार वडा कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर सो वारे जानकारी दिएको हो ।
७५ साउन देखी यस वर्षको वैशाख सम्ममा भएका कामको जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा वडा अध्यक्ष डम्वर वहादुर चेम्जोङ्गले विकाश निर्माण वाहेक सामाजीक सुरक्षा, दलित आदिवासी जनजाती तथा महिला लक्षित कार्यक्रमलाई छुट्टाइएको वजेट वाट कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । कुल ८५ लाख वार्षिक वजेट मध्ये ७० लाख विकाश निर्माणमा खर्च भएको छ । लक्षीत कार्यक्रममा ५ लाख,विपत्त लाई २ लाख, तथा मर्मत सम्भार २ लाख तथा अन्य रकम खर्च गरिएको उनले जानकारी दिए । विकाश निर्माण तर्फ ९० प्रतिशत काम सम्पन्न भएको र केहि काम हुदै गरेको जानकारी दिए । वडा सदस्य देवि घिमीरेका अनुसार ठुलो भएकाले सवै तिर वजेट पुर्याउन नसके पनि क्रमिक रुपमा विकासका कार्य गरिरहेको उनले वताए ।

प्राविधीक स्कुल धमालाका अनुसार वडाका विकासका काम गुणस्तर युक्त भएको र त्यसका लागी वडा र नगर लागी पर्ने वताए । यस आर्थिक वर्षमा ९ वटा सडक ग्राभेल, ५ वटा कल्र्भट निर्माण गरिएको छ । त्यसै गरि १ पैनी तथा स्कुलमा घेरावारा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।