धरान(डेस्क) : मोरङको विराटनगर महानगरपालिका(१८ डामाडिकी भन्ने स्थानमा विहीबार साईकलबाट लडेर १ जना विद्यार्थीको मृत्यु भएको छ ।

बिहान ९ बजेको समयमा जनबिकास माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीयको बिक्रम कुमार अमात विद्यालयबाट साईकलमा घर फर्कने क्रममा लडेर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका अमातलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।