धरान(डेस्क) : धरान जेसिजको आयोजना र धरान जेसीज भुपु अध्यक्ष क्लबको संयोजन रहेको टेस्टी टेस्टी मिस एस ई.ई २०१९ प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार हुने भएको छ ।
धरान ८ सभागृहमा हुने उक्त ग्राण्ड फिनालेमा गत बैशाख ८ गते धरानमा सम्पन्न मिस एस ई ई को अडिशनबाट छनौट भएका ३० जना सहभागि छात्राहरुबाट विजेता छनौट हुने प्रतियोगिताका क्रिएटिभ डाईरेक्टर तथा भूपू अध्यक्ष मानभगत चाम्लिङ राईले बताए । क्रिएटिभ डाईरेक्टर राईका अनुसार सुनसरी, मोरङ, धनकुटालगायतको स्थानबाट २०७५ सालको एस ईई परिक्षा दिएर बसेका १४ देखि १९ वर्ष सम्मका उमेर समुहका ती छात्राहरुलाई बन्द प्रशिक्षण मार्फत उनीहरुको व्यक्तित्व बिकासको निम्ति करिब दुई दर्जन जीवन उपयोगी व्यहारिक तालिम दिएको छ । जसमा लाईफ स्किल, उदघोषणकला, भाषणकला, महिला अधिकार, महिला स्वास्थ्य चेतना, सृजनात्मक लेखन, आर्थिक साक्षरता, नेतृत्वकला बिकास, सम्बध व्यवस्थापन (समाज, मिडिया), सकारात्मक सोच बिकास, गर्ल यु क्यान क्याटवाक रयाम्पवाक, नृत्य, डाईनिङ इटिकेट, प्राथमिक उपचार कोर्ष, आधारभुत पत्रकारिता तालिम, उत्प्रेरणा, विपद व्यवस्थापन, कार्यक्रम व्यवस्थापनलगायतका जिवन उपयोगी तालिम प्रदान साथै विभिन्न शैक्षिक, पर्यटकीय स्थल, औधोगिक भ्रमण समेत गराईएको छ ।
धरान जेसीजका अध्यक्ष मनिष शाहीका अनुसार उक्त ग्राण्ड फिनालेका विजेताले मिस एस ईई–२०१९ को उपाधी, ताज, शील्ड, प्रमाण पत्र, नगद ४० हजार, एक थान मोवाईल सेट, क्वालिटीका प्रोडक्टहरुमा ब्राण्ड एम्बेसडरको रुपमा प्रवद्धन सहित कक्षा ११ र १२ को पूर्ण छात्रावृत्ति प्राप्त गर्ने छ । भने फस्ट रनरअपलाई ताज, शील्ड, प्रमाण पत्र, नगद ३५ हजार, कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान र सेकेन्ड रनरअपलाई ताज, शील्ड, प्रमाण पत्र, नगद ३० हजार, कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने छ । यसैगरी अन्य उपाधी तर्फ मिस ट्यालेन्ट, मिस व्युटीफूल, मिस फ्रेन्डसीप, मिस क्याटवाक, मिस फोटो जेनिक, मिस डिसीप्लीन, मिस वेष्ट ड्रेसअप, मिस पर्सन्यालिटी, मिस पपुलर र मिस एक्टिभ घोषित गरि शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगिताको टप टेनमा पर्न सफल प्रतियोगिलाई कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने छन् । अन्तराष्ट्रियस्तरमा परिचित युवाहरुको व्यक्तित्व र नेतृत्व बिकासमा सक्रिय संस्था जेसीआई ईन्टरनेश्नलसँग सम्बन्धन प्राप्त संस्था धरान जेसीजले एस ईई परिक्षा दिएर बसेका छात्राहरुलाई जीवन उपयोगी विभिन्न तालिम प्रदान गरि उनीहरु भित्रको ज्ञान क्षमता अभिवृद्धि गर्दै सिप र दक्षताको पनि प्रयोग सिकाउने उदेश्यले सन् २०१४ बाट आयोजना गर्दै आएको मिडिया कोओडिनेटर सन्जु राईले बताईन् । मिडिया कोओडिनेटर राईको अनुसार सन् २०१४ को विजेता रीया बजाज, २०१५ को विजेता एलिशा लिम्बु, २०१६ को विजेता प्रमु गुरुङ, २०१७ को विजेता निशाम लिम्बु र २०१८ को विजेता नबिना मग्राती रहेका छन् ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































