राजविराज : सप्तरीको बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ ।
शुक्रबार राति १२ बजेतिर बलान बिहुल गाउँपालिका २ स्थित अध्यक्ष गोइतको घरमा कुकर बम बिष्फोट गराइएको हो । बिष्फोटबाट घरका सम्पूर्ण सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बम छर्रा लागेर घाइते भएका छन् । घरमा कोहि नभएको बेला बिष्फोट गराइएको हो । उनका काका श्याम भने दलानमा सुतिरहेका थिए । यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बम बिष्फोटको जिम्मेबारी लिएको छ ।
गाउँपालिका अध्यक्ष गोइत भ्रष्टाचारमा डुबेकाले उनको घरमा बिष्फोट गराइएको बिज्ञप्तीमा उल्लेख छ । भ्रष्टाचार जारी नै रहेमा योभन्दा उच्चस्तरको कार्वाही गर्ने चेतावनी दिइएको छ ।