धरान(डेस्क) : मोरङको बिराटनगर महानगरपालिका १५ रानीबाट आईतवार दिउँसो प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १४ का १९ वर्षीय दिपेश सिंह ठकुरीलाई डाईजेल्याब ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल र लुपिजेसिक ३ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।