धरान(डेस्क) : सुनसरीको ईटहरी उपमहानगरपालिका २ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।
आईतवार राती ८ बजेको समयमा स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।