धरान । लागुऔषधसहित धरान-१७ का एक यूवा पक्राउ परेका छन् । डाँडा घोपाका २४ वर्षिय करण खड्का लागुऔषधसहित पक्राउ परेका हुन् ।

गस्तीमा खटिएको प्रहरी टोलीले खड्कालाई फोकल्याण्ड टापुमा संकास्पद अवस्थामा भेटेपछि चेकजाँच गरेको थियो  । चेकजाँच गर्ने क्रममा खड्काले पेन्टको अगाडीको भागमा लुकाइ राखेको लागुऔषध स्पास्मोप्रोक्स्भिन प्लस १३६ क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनलाई लागुऔषध मुद्धामा अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इप्रका धरानको सञ्चार शाखाले जनाएको छ ।