धरान । धरान प्रहरीले धरान-८ तिनकुनेबाट लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार सुपौल जिल्ला चिमगढीका २३ वर्षिय महाताब आलम रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको हो । सोमबार दिउसो बिआर-५० एच ११०० नम्बरको एफजेट मोटसाइकलमा इटहरीबाट धरानतर्फ आइरहेका आलमको झोला चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषध डाइलेक्स डिसी २ बोतल फेला पारेको थियो । पक्राउ परेका आलमलाई लागुऔषध मुद्धामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले जनाएको छ ।।