धरान(डेस्क) : पाँचथरको हिलिहाङ गाउँपालिका ५ च्यानडाँडामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । चट्याङ लागेर सोही स्थान बस्ने ७६ वर्षीया सावित्रा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमरपुरले जनाएको छ ।

बुधबार अपरान्ह ४ बजे घर नजिकै रहेको लप्सीको रुखमा चट्याङ खस्दा घरको कोठामा पुजा गरिरहेको अवस्थामा भण्डारीलाई चट्याङको झट्काले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी जोरपोखरी र इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।