मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका १० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आज बिहान ९ः१५ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक घाइते भएका थिए । गम्भीर घाइते हुनेमा केरावारी गाउँपालिका ९ का ४८ बर्षीय बम बाहदुर बस्नेत थिए ।

घाईतेलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारकै क्रममा बिहान १०ः४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।