पथरी: पथरीशनिश्चरेमा लैंगिक अल्पसंख्यकहरु पनि समाजमा खुल्न थालेका छन् । उनीहरु आफ्ना लैंगिक अधिकारका विषयमा खुलेर वहस गर्न थालेका छन् ।

सन् २०१२ मा स्थापना भएको समृद्ध समाज नामको संस्थाले लैंगिक अल्पसंख्याकको क्षेत्रमा काम गर्न थालेपछि समाजमा उनीहरु खुल्दै गएका हुन् । ‘तेस्रो तथा लौगिक अल्पसंख्यकहरु समाजमा खुलेर आउन थालेका छन्,’समृद्ध समाज पथरी अध्यक्ष गोपाल कार्कीले भने । समाजले लैंगिक तथा मानवअधिकारका पक्षमा वकालत गर्ने गरेको छ । जसले गर्दा अल्पसंख्यामा रहेकाहरु विस्तारै समाजमा देखिन थालेका हुन् ।
समाजमा लिङ्गका आधारमा महिला र पुरुष मात्र मानिए पनि लैंगिक अल्पसंख्यकहरुले आफुलाई महिला समलिंगी, पुरुष समलिंगी,दुई लिङगी,अन्तरलिङगी र तेस्रो लिङी गरि ५ प्रकारमा विभाजन गरेका छन् ।

केही बर्ष अघिसम्म समाजमा खुल्न नसकेका यौनिक अल्पसंख्यकहरु अहिले खुल्दै गएका छन् । पछिल्लो तथ्याङक अनुसार हाल ८० प्रतिशत अल्पसंख्यकहरु संस्थाको सम्पर्कमा आएको कार्कीले बताए ।संविधानाको भाग ३ को मौलिक हक तथा भाग ४ को राज्यका निर्देशक सिद्धान्त र नीतिमा महिला, वालवालिका, वृद्ध, अपाङ्ग, आदिबासी, दलित आदि जस्ता उत्पीडित उपेक्षीत वर्गको उत्थानका लागि राज्यले कानुनद्धारा विषेश व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थामा लिङ्ग नभनी पुरुष र महिला भनि उल्लेख भएकोले यस विषयमा सबैको ध्यानाकर्षित हुन जरुरी भएको कार्कीको भनाई छ ।

पथरीशनिश्चरे, वेलवारी, उर्लावारी, लेटाङ्ख, कानेपोखरी र सुन्दरहरौचा नगरपालिका क्षेत्रमा मात्रै २ हजार ५ सयको हाराहारीमा लैगिक अल्पसंख्यक रहेको समाजले जनाएको छ । यौनिक झुकाबका आधारमा राज्य र समाजले कानुनी एवम् सामाजिक मान्यता प्रदान गरी अरुले सरह स्वतन्त्रतापुर्वक जीवन यापन गर्न पाउने कानुनी व्यवस्था गरेर लैंगिक अल्पसंख्यकहरुको पनि मानवअधिकारको संरक्षण गर्नुपर्ने माग हुदै आएको छ ।