पथरी:युवाहरुलाई लागुपर्दाथको लतबाट जोगाउन पुर्व लागुपर्दाथ दूव्र्यासनी युवाहरुले सामुहिक अभियान थालेका छन् ।
दुव्र्यसन त्यागेका युवाहरुले संगठित भएर संस्था स्थापना गरेका छन् । मोरङ्गको पथरीमा रहेका पुर्व दुव्र्यासनीहरुले अलाइभ फाउण्डेशन स्थापना गरेका छन् । यो संस्थामा सदस्य बनेर दुव्र्यासन छोड्ने युवाको संख्या बढ्दै गएको छ । लागुपर्दाथ प्रयोगकर्ताको संख्यामा कमि ल्याउन संगठित रुपमा काम थालेको उनीहरु बताउँछन् । फाउण्डेशनका अध्यक्ष विपिन गुरुङ्गका अनुसार लागुपर्दाथको जोखिम काम गर्न र युवाहरुलाई लागुपर्दाथको प्रयोग बाट वचाउन फाउण्डेशनले काम गरिरहेको छ ।

एक पटक दुव्र्यसनी बनेकालाई पुनःस्थापना हुन समस्या रहेको उनीहरुको भनाइ छ । समाजले सहजै नपत्याउने भएकाले पनि दुव्र्यसनीलाई थप बोझ बढेको छ । पथरी क्षेत्रमा मात्रै करिव ५ सयको संख्यामा लागुपर्दाथ प्रयोगकर्ता रहेको तथ्याङ्ग रहेको छ । जसमध्ये केही पुर्नस्थापना हुने क्रममा रहेका छन् । करिव १५ जना लागु औषध प्रयोगकर्ता एचआइभि संक्रमित रहेको तथ्याङ्ग छ । लागु औषध प्रयोगकर्तालाई हेपाटाइटिस र एचआइभि संक्रमणको जोखिम कम गर्न युवाहरुले सचेतना कार्यक्रम सुरु गरेको सस्थाका सचिव खेमानसिंह राई बताउँछन् । सामुहिक रुपमा लागु् औषध प्रयोग रोक्न पनि सामुहिक रुपमा युवालाई संगठित गर्ने,पुस्तक पढन अभिप्रेरित गर्न कार्यालय स्थापना गरेर युवालाई एककृत गरिएको सचिव राईले बताए ।