धरान : नवाँै राष्ट्रिय प्रतियोगिताका लागि तयारी स्वरुप विभिन्न खेल विद्यामा धरानका खेलाडिहरुलाई यसै वर्ष देखि बन्द प्रशिक्षण व्यवस्था गरिने धरान उपमहानरपालिका खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले बताएको ।

उनले धरान बास्केटबल संघको आयोजनामा आयोजित चौथो ट्यालेन्ट हन्ट बास्केटबल टे«निङ्ग क्याम्पको समापन कार्यक्रममा शनिबार मन्तव्यको क्रममा सो कुराको जानकारी गराएको हो । दुई वर्ष पछि प्रदेश ४ मा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिक्तम धरानका खेलाडिलाई समावेस गराउने तथा उपाधि विजेता बनाउने उद्देश्यले यो योजना तयारी गरिरहेको अध्यक्ष राईले बताए ।
बास्केटबल खेल विकास तथा उत्पादन गर्ने उद्देश्यले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको ट्रेनिङ्ग क्याम्पमा धरान भरिका ११ वटा विद्यायलबाट ४१ जना विद्यार्थीहरुले सहभागिता जनाएको जिल्ला बास्केटबल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदिले जनाए । सहभागि विद्यायलयहरुमा डिपोट स्कुल, लोटस, विष्णु मेमोरियल, सुम्निमा स्कुल, पदम मेमोरियल, सियोन स्कुल, नवज्योति स्कुल, जुनियर पायनोर, आइडल स्कुल, पर्वत स्कुल र श्री निम्न मावि स्कुल रहेको छ ।
उनिहरुलाई प्रदेश १ बास्केटबल प्रशिक्षक बिकास चाम्लिङ राईको नेतृत्वमा प्रदेश १ बास्केटबल टिम क्याप्टेन नविन राई, हेमन्त राई, भोजराज लिम्वु, सिसिर पोखरेल र सृजन आचार्यले प्रशिक्षण गराएका थिए । सहभागि विद्यार्थीहरु मध्ये वाट उत्कृष्ट करिव डेढ दर्जन विद्यार्थीहरुलाई डिपो स्कुल, एम्स एकेडेमि, सगरमाथा एसडि कलेज र युरेका स्कुलको सहकार्य गर्दैै छात्रवृतmका लागि सिफारिस गरिने कार्यक्रमका सभाध्यक्ष नेपाल बास्केटवल संघका उपाध्यक्ष सुरजकुमार लामाले जनाए । यस अघि आयोजना गरिएको तेस्रो क्याम्प वाट पनि करिव एक दर्जन विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्यन गराइरहेको लामाले जनाए ।

समापन कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र र प्रदेश १ महिला खेलाडि आस्था राई, प्रिति राई र प्रनिसा ओझालाई मायाको चिनो वितरण गरिएको थियो । सहभागि विद्यार्थी मध्ये वाट उदयमान खेलाडि घोषित कुशलता राई र युरेका राईलाई पुरस्कार स्वरुप वल र टिसर्ट प्रदान गरेको छ ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, विशेष अतिथि धरान १८ वडाध्यक्ष प्रविण राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, अग्रज बास्केटवल खेलाडि सुजनमान श्रेष्ठ, युवा व्यवसायी सम्राट श्रेष्ठ, युवा नेता तथा समाजसेवि दिपक वनेपाली लगायतले प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।