धरान: सधै गाडी र गन्तव्यमा पुग्न हतार मानिसहरुको घुँइचो हुने धरानको भानुचोक शनिबार दिउँसो भने साकेलामय बन्यो । किरात राई यायोक्खा धरान उपमहानगर कार्यसमितिको आयोजना र प्राकस ९, १० को व्यवस्थापनमा ‘बृहत साकेला शिली प्रदर्शनी’ भएको थियो ।

‘इतिहास भुगोल संस्कृति र सभ्यताको सम्मान् १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशबासीको आब्हन’ भन्ने मुल नाराका साथ शनिबार भानुचोकमा साकेला शिली प्रदर्शनी गरिएको हो । कार्यक्रमको उद्घाटन प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सुनसरीका सभापति राजिब कोइरालाले गरेका थिए । उनले किराती राजा यलम्बरको प्रतिमामा चिण्डोको पानी चढाउदै र पुष्प गुच्छा चढाएका थिए । दिउँसो करिब १ बजेतिर औपचारिक कार्यक्रम शुरु हुनुपूर्व धरानका विभिन्न प्राकासहरुले साकेला नाचेका थिए । सदावर्ष झै यस पटक पनि भानुचोक साकेला मय बन्यो । भानुचोकमा त्यो प्रचण्ड गर्मीको कुनै प्रबाह नगरी उत्साहपूर्ण साकेला नाचे ।

sakela2 1

करिब ३ बजेतिर मौसम केही बादल लाग्दा साकेलामा रम्नेहरुको लागि केही राहत मिल्यो । सोही अवसरमा प्राकास धरान–८ का शिलीमपा (शिलीको नेतृत्वकर्ता)लाई उत्कृष्ट शिलीमपाको रुपमा सम्मानित गरिएको थियो । लामो मसय प्राकास धरान ८ को शिलीमपाको जिम्मेवारी सम्हाल्दै आएका भुपाल सिं लिम्बुलाई प्रशंसापत्रले सम्मानित गरिएको हो । उनी लिम्बु समुदायका भएर पनि राई समुदायको संस्कृति उजागर गर्ने कार्यमा लागेका छन् ।

बैशाख पूर्णीमाको दिन धरान–१४ विजयपुरस्थित हाङ बुद्धिकर्णको दरबार परिषरबाट विधिवत रुपमा शुरु भएको उभौली साकेला पर्व सुनसरीभरी प्राकास, भातृ, भाषिक संस्थाहरुले कार्यक्रमको आयोजना गरिरहेको छ । प्रकृति पुजक किरात राई समुदायले वर्षमा दुई पटक बैशाखमा उभौली र मैसिरमा उधौली पर्वको रुपमा साकेला, साकेन्वा पर्व मनाउने गर्दछन् ।

3 1

मानव जिवनको शुरुवात र विभिन्न जिव जनावरको क्रियाकलापको अनुकरण गदै साकेला शिलीमा उतारिन्छ । कार्यक्रममा किराया केन्द्रीय निवर्तमान अध्यक्ष तिलक राई, किराया केन्द्रीय उपमहासचिब शुभचन्द्र राई, किराया जिल्ला, प्राकास तथा भातृ, भाषिक संघ संगठनको प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यसैगरी, धरानका अन्य जातीय संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता किराया नगर अध्यक्ष लोकेन्द्र राईले गरेका थिए ।

2 1 20190525_141143 1 2 sakela1