खोटाङ : खोटाङमा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् ।
हलेशी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार बस्ने १७ वर्षीय नबराज राई खोलाले बगाएर बेपत्ता भएका हुन् ।
शनिबार बिहान साथिहरुसग सोही स्थानमा रहेको सुनकोशी नदिमा नुहाउने क्रममा नबराज बेपत्ता भएका थिए । स्थानियवासीहरुको सहयोगमा खोजतलाश कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।