धरान(डेस्क) : उदयपुरको त्रियुगा नगरपालिका ५ शिवालय मन्दिरबाट प्रहरीले शनिवार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स ४ प ३१०१ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ४ बस्ने ३९ वर्षीय संजय कुमार झा र ४० वर्षीय संजिव कटुवाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक १४ एम्पुल, डाईजेल्याब १४ एम्पुल र फेनारगन १४ एम्पुल बरामद गरेको छ । मोटरसाईकलसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।