लहान : सैनिक जवानको हत्यामा संलग्न रहेको अभियोगमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टीका ३८ वर्षीय मंगल साह छन् । साहलाई नेपाल भारत सीमाक्षेत्र माडरबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो । विदामा सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित घर गएका २५ वर्षीय अनिसकुमार सिंहलाई गत वैशाख २८ गते राति बिजुलीको पोलमा बाँधेर तेनुवापट्टीका स्थानीयले कुटपीट गरेका थिए ।