धरान(डेस्क) : संखुवासभाको मकालु गाउँपालिका २ सेदुवा बस्ने अम्बर बहादुर खुम्बुको आइतवार करेण्ट लागेर मृत्यु भएको छ ।
खुम्बुलाई दिउँसो २ बजे नेपाल चीन सिमानामा चीनिया भुभागको डेनडाङसाङ निकुञ्जको नयाँ निर्माण हुँदै गरेको भवनमा काम गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका खुम्बुलाई उपचारको लागि नेपाल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।