धरान(डेस्क) : उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले जवरजस्ती करणीको आरोपमा आइतवार २ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको त्रियुगा नगरपालिका १६ सिखानी बस्ने ४३ वर्षीय भिमबहादुर तामाङ र त्रियुगा नगरपालिका ७ पिपल चोक बस्ने ५२ वर्षीय धनबहादुर दनुवार पक्राउ परेका हुन् ।

आरोपित तामाङले अपरान्ह ४ बजे सोही नगरपालिकामा पर्ने कसेनि खोला नजिकको जंगलमा अन्दाजी ३०,३५ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो भने दनुवारलाई १७ वर्षीया बालिकालाई राती पौने ९ बजे पिपल चोक नजिक खेतमा जवरजस्ती करणी गरेको भनि बालिकाको अभिभावकले दिएको जानकारीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।