राजविराज : सप्तरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका ६ देवधारस्थित पूर्व–पश्चिम राजमार्गमा तीब्र गतिमा गुडेका बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सोमबार साँझ सप्तरीको खड्क नगरपालिका ४ का २६ वर्षीय नबिन चौधरी र सिरहाको लहान नगरपालिका १२ का २७ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.५ ख ४६९२ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको स.९प ६१८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते दुबै जनाको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।