इटहरी: इटहरी २ शान्तिनगरमा रहेको दुर्गा मेडिकल हलबाट ठूलो मात्रामा लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय बिराटनगरले सुनसरीको देवानगञ्ज गाँउपालिका ७ बस्ने बिकास थान्दारलाई पक्राउ गरेको हो । उनले सञ्चालन गरेको मेडिकलबाट नाईट्राभेट ३ हजार चक्की, लुप्रिजेसिक १ सय ९९ एम्पुल, फेरागन १ सय ९६ एम्पुल र डाईजेल्याव १ सय ९३ एम्पुल सहित उनलाई पक्राउ गरिएको हो ।

बरामद लागूऔषधसहित मेडिकल सञ्चालक थान्दारलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनले यसअघि पनि लागूऔषध बिक्री गर्ने गरेकाले थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले जानकारी दिए ।