संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका १ टेङछुङमा बुधवार राती कुटपिटबाट १ जनाको मृत्यु भएको छ ।
रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झगडा हुँदा रिशको आवेगमा किशोर राईले आईत बहादुर राईको हत्या गरेका हुन् । किसोरले आइतलाई धान कुट्ने मुस्लोले टाउकोमा प्रहार गरेपछि गम्भीर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिसुवाखोला लगिएकोमा उपचारकै क्रममा आज बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी सिसुवाटारबाट प्रहरी टोली खटि गई निज किशोर राईलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।