सुनसरी:चार दिनअघि सुनसरी जिल्ला अस्पताल इनरुवाको गेट अगाडिबाट को ३५ प ७३५९ नम्बरको रातो कालो कलरको डिस्कोभर मोटरसाइकल हरायो । आफ्नो मोटरसाइकल चोरी भएको थाह पाएपछि इनरुवा नगरपालिका ७ का २८ बर्षीय मोहम्मद कलाम मियाँ चिन्तत थिए ।

उनले तत्काल प्रहरीमा मोटरसाइकल हराएको(चोरी) भन्दै जाहेरी दिए । मोटरसाइकल चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय खोजतलासमा जुट्यो । अन्ततः ३ दिनपछि प्रहरीले उक्त मोटरसाइकल इनरुवा ५ स्थित वलाहा नगरमा वेवारिसे अवस्थामा फेला पार्यो । हिजो बिहिबार फेला परेको उक्त मोटरसाइकल आज जिल्ला प्रहरी कार्यालय सुनसरी मोटरसाइकल धनी मियाँलाई जिम्मा लगायो ।

हराएको मोटरसाइकल सकुशल फेला परेपछि मियाँ हर्षित छन् । शुक्रबार प्रहरीबाट मोटरसाइकल र चाबी बुझेपछि खुशी हुदै उनले भने,'चोरी भएको मोटरसाइकल भेटिन्छ कि भेटिन्दैन भन्ने चिन्ता थियो । आज प्रहरीले भेट्टाएर फिर्ता गर्यो । असाध्यै खुशी छुँ ।'