सुनसरी: कोशी राजमार्गको इटहरी धरान सडकखण्डमा पर्ने चारकोशे जंगलमा आज ग्याँस बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ ।
इटहरीबाट धरानतर्फ जादै गरेको को १ ख ७१३ नम्बरको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। अत्यधिक(ओभरलोड) ग्याँस बोकेको कारण ट्रक सडकमा पल्टिएको प्रहरीको भनाई छ । दुर्घटनामा मानवीय क्षती नभएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयल जनाएको छ । दुर्घटनामा परी ४५ वर्षीय ट्रक चालक पारस भट्टराइ घाइते छन् । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।