सप्तरी: भारतबाट नेपालतर्फ आउदै गरेको अनटेष्ट मोटरसाइकल चालकको साथबाट ठुलो मात्रामा लागुऔषध वरामद भएको छ ।

आज बिहान करिब साढे १० बजे सप्तरीको छिन्मस्ता गाँउपालिका २ मोहनपुरस्थित ईलाका प्रहरी कार्यालय सखडाको टोलीले लागुऔषध वरामद गरेको हो । प्रहरीका अनुसार अनटेष्ट मोटरसाईकललाई रोकर चेकजाँच गर्दा डाइलेक्स डिसि १०० एमएलको एक सय १ बोतल फेला परेको थियो । लागुऔषध वरामद भएपछि मोटरसाइकल चालक सप्तरीको राजगढ गाँउपालिका ६ कुडनवाका २५ बर्षीय श्रवन यादवलाई सवारीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।