धरान(डेस्क) : उदयपुरको चौदण्डीगढी नगरपालिका ६ पुष्पलाल चोकमा शनिवार घरको छतबाट लडेर १ जनाको मृत्यु भएको छ ।
बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तले घरबाट लडेर ३६ वर्षीय अनिता भन्ने रेमनीदेवी साह घाइते भएकी थिईन ।
गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप उपचारको लागि धरान पठाईएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।