धरान: इटहरीका बाल प्रतिभा एवं गायक प्रितम आचार्य सारेगमपा रियालिटी सोको लिटिल च्याम्समा उत्कृष्ट ६ मा पुगेका छन् ।

प्रितम अब फाइनल भिडन्तको तयारीमा भएको उनका गुरु राजु केसीले जानकारी दिएका छन् । केसीका अनुसार अब प्रितमलाई भोटिङ गर्नु पर्दैन । 'श्रममा आधारित एउटा निम्न मध्यम बर्गिय परिवारका पृतम बिशेषत: उनको परिवार(बुवा आमा)को दृढ इच्छाका कारण त्यहाँसम्म पुगेका हुन,'केसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'अब उनलाई भोटिङ गर्नु पर्दैन, तसर्थ उनलाई सहयोग गर्ने मन छ भने उनको NIC Bank Itahari मा रहेको खातामा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ । अहिलेका लागि यो सहयोग अति आवश्यक रहेको जानकारी गराएँ ।'

केसीले प्रितमको सम्पर्क कार्यालय सेन्ट्रल प्लाजा चौथो तल्ला इटहरीमा सम्पर्क राख्नसक्ने पनि जानकारी दिएका छन् । अडिशन राउण्डदेखि नै उत्कृष्ट गायकी कला प्रर्दशन गर्दै आएका १२ बर्षीय प्रितम विभिन्न चरणमा जजहरुको मन जित्दै टप ६ भित्र पुग्न सफल भएका छन् ।