इनरुवा: सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहास्थित नेपालकै सबैभन्दा ठुलो मुस्लिम समुदायको नमाज पढ्ने ईदगाह रहेको छ । यस ईदगाहमा ३० तीस हजार भन्दाबढी मुस्लिम धर्मालम्बीहरुले नमाज पढ्ने मानिसको भिड हुन्छ ।
सुनसरी जिल्लाको दक्षिण क्षेत्रमा भुटाहामा ७५ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको छ । सुनसरी दक्षिण क्षेत्रलाई सरोकारबालाहरुद्वारा सधैं हरेक क्षेत्रमा पछाडि पारिएको भुटाहाका स्थानीयबासीहरुले गुनासो गर्दै आएका छन् । मुस्लिम समुदायको महान चार्ड ईदुउल फित्र पर्व धुमधामका साथ मनाए पनि भुटाहालाई चिनाउने काम नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् । नेपालकै सबैभन्दा ठुलो मुस्लिम समुदायको नमाज पढ्ने ईदगाह भुटाहाबासीको पहिचान तथा गौरवकोरुपमा स्थापित रहेको ईदगाह समितिका अध्यक्ष हाजि इद्ररीस अन्सारीले बताए ।

इदगाह समिति सचिव सेराज फलाहीले यसपाली देशकै ठुलो ईदगाहबारे प्रचार होस् भन्ने उद्देश्यले विभिन्न मिडियाहरुलाई निमन्त्रणा दिएर बोलाएको बताए । मुस्लिम धर्मावलम्बी बिहानै नयाँ वस्त्रधारण गरी इदगाहमा पुगेर नवाज पढ्ने र एक अर्कावीच खुसियाली साटासाट गरी इद पर्व मनाउदै आएका छन् । इदको अवसरमा नवाज बढ्न इदगाह तथा मस्जिदमा मुस्लिमहरुको बाक्लो उपस्थिति रहने गर्छ। इस्लाम धर्मको पात्रोअनुसार नवौ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । एक महिना लामो रोजापछि चन्द्रमाको दर्शन गरेपछि रोजा पर्व सम्पन्न हुन्छ । रोजा सम्पन्न भएको भोलि पल्ट इद उल फित्र मनाउने गरिन्छ ।
रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने गरिन्छ । मुस्लिम धर्मावलम्बीहरुले देशमा दीगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गर्ने गरेको छ । इदुलफित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा पनि दिएको छ।