पाँचथर: प्रहरीले गत बैशाख २९ गते घाँटी रेटेर हत्या गरिएकी शितल योङहाङको हत्यामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले शितलको हत्यामा संलग्न फाल्गुनन्द गाउँपालिका २ पात्लेभन्ज्याङका १९ बर्षीय पदम तामाङ स्याङ्बो र भगिरथ वास्तोलालाई आज सार्वजनिक गरेको हो । दुवैले पाँचथरको हिलिहाङ गाउँपालिका ४ पञ्चमीस्थित कार्तिकेकी १५ बर्षिया बालिका शितलको घाँटी रेटी हत्या गरेका थिए । गत बैशाख २९ गते राती करिब साढे ७ बजे घाँटी रेटि हत्या गरेका थिए । घटनको भोलीलप्ट नै हत्यामा संलग्न बास्कोटा पक्राउ परेका थिए भने पदम फरार भएका थिए ।
घटना पछि फरार भएका पदमलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको संयुक्त ब्युरो टोलीले हिजो आइतबार झापाको दमकस्थित एक होटलबाट पक्राउ गरेको थियो । उनीहरुलाई अदालतबाट कर्तब्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।