संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका ३ बाट बिभिन्न किसिमका जंगली जनावरको छालालगायतका जडिबुटीसहित एक जना पक्राउ परेको छन् ।

सोमवार अपरान्ह साढे ५ बजे नेपाली सेना, नेपाल प्रहरी र मकालु बरुण राष्ट्रिय निकुन्जको संयुक्त चेकीङ टोलीले भोटखोला गाउँपालिका २ गुम्बाका ५० बर्षीय कर्मलामा भोटेलाई पक्राउ गरेको हो । को १ ज ३५१६ नम्बरको बलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई जनावरको छाला र जडिबुटीसहित पक्राउ गरेको हो ।

उक्त गाडीबाट बाघको पन्जा १ थान, दाह्रा ४ थान, हड्डीको टुक्रा २० थान, बारुद जस्तो देखिने गन्धक १५ ग्राम, चाईनिज पेस्तोलको गोली १ थान, रक्त चन्दन जस्तो देखिने काठको टुक्रा १ थान(२५ ग्राम), जंगली जनावर थारको रौसहितको छालाको टुक्रा एक थान, कालो ढुङगा ३०० ग्राम, फलामको टुक्रा २०० ग्राम, सर्पको छाला २ थानलगायत अन्य जडिबुटीहरु बरामद गरेको हो । बरामद सामान सहित भोटेलाई आवश्यक कानूनी कारवाहीको लागि मकालु बरुण राष्ट्रिय निकुन्जमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।