धरान: पत्रकारमाथि दुव्र्यवहार गर्नुका साथै गुण्डागर्दीशैलीमा नाक भाँच्न एक करोड बजेट छुट्याएको अभिव्यक्ति दिने इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन् ।

पछिल्लो समय मंगलबार पत्रकार विराट अनुपमको नाक भाँच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएर विवादमा आएका चौधरीलाई नेकपाका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र योगेश भट्टराईले क्षमायाचना गर्न आग्रह गरेका हुन् । आज बुधबार बिहान सामाजिक सञ्जाल फेसबुुकमा स्ट्याटस लेख्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेता भट्टराईले पदीय गरिमा विपरीत बोलेको भन्दै सच्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले पार्टीको मान्यताबारे मेयर चौधरीको बुझाई पुर्णतः त्रुटीपुर्ण भएको बताएका छन् । उनले लेखेका छन्,'इटहरीका मेयर द्धावारिकलाल चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिवाटै थाह हुन्छ । तर पार्टीको मान्यताका बारेमा भने उहाँका वुझाईहरु भने पूर्णतः त्रुटीपूर्ण छन् । नेकपा विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताप्रति दृढ छ । जवजवाट दिक्षित कार्यकर्ताले त लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकजीको आक्रोश पितपत्रकारिता र भ्रष्टाचार विरुद्ध भएपनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्मआलोचना गर्नु उचित हुनेछ ।'

neta-final45

यस्तै, स्थायी कमिटि सचिव भटराईले पनि पदीय मर्यादा र पार्टीको गरिमाप्रचि सचेत रहन भन्दै मेयर चौधरीलाई आत्मालोचना गर्न सुझाव दिएका छन् । उनले लेखेका छन्,'ईटहरी उपमहानगर पालिकाका मेयर द्वारीक चौधरीलाई अनुरोध म द्वारीकजीको हकी स्वभाब, प्रस्ट बक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रशंसक हुँ । तर केहि दिन यता वहाँले पत्रकार र अन्य कतिपय ब्यक्तिहरुका बारेमा सार्वजनिक भएका अभिब्यक्ति स्वयम् वहाँले धारण गर्नुभएको सार्वजनिक पद, वहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी नेकपा र स्वयम् वहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउंदैन । तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिस्ठाप्रति सचेत रहन मेयर द्वारीक चौधरीलाई म बिनम्र अनुरोध गर्दछु ।'