धरान: धरान उपमहानगरपालिका वार्ड नं १९ ले महिलाहरुलाई नेतृत्व विकास तालिम आयोजना गरेको छ ।
किरात राई यायोख्खा, धरान १९ को हलमा मंगलबार र बुधबार दुई दिन तालिम आयोजना भएको हो । तालिममा वडाका विभिन्न ६ वटा टोल विकास समितिका २५ जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महिलाहरुको नेतृत्व विकास गरी उनीहरुको वडास्तरमा हुने विभिन्न कार्यक्रमहरुमा महिलाको सहभागिता र नेतृत्व बढाउन तालिमले सहयोग पुृ¥याउने महिला सदस्य जायत्रा राईले विश्वास व्यक्त गरिन् । महिलाहरुको नेतृत्व विकासका लागि उनिहरुलाई विभिन्न प्रशिक्षण र जिम्मेबारी दिनुआवश्यक भएको सहभागिहरुको माग रहेको थियो ।
महिलाहरुको नीति निर्माण तहमा र सम्पत्ति माथिको अधिकार सुनिश्चित हनु जरुरी भएको कुरा औल्याउदै तालिम प्रभावकारी भएको वडा सदस्य मेघनाथ राईले वताए । मोहन श्रेष्ठ लगायतले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए भने तालिम वडाको आयोजना र युवादृष्टी समाजको व्यवस्थापनमा सम्पन्न भएको थियो । वडाले संचालन गर्ने महिला लक्षित कार्यक्रम अन्तरगत सम्पन्न हुने कार्यक्रम अन्तरगत यस तालिम सम्पन्न गरिएको वडाध्यक्ष पूर्ण बहादुर लिम्बुले बताएका छन् ।