उदयपुर: उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट प्रहरीले बुधवार लागूऔषध गाँजा कारोबार गरिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

अपरान्ह ५ बजेको समयमा प्रतिबन्धित गाँजा बिक्रि बितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ । एक किलो गाँजासहित रौतामाई गाउँपालिका ७ का २२ बर्षीय युवराज मगर सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।