पथरी:लागुऔषध गाँजासहित २ जनालाई उर्लावारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

विहिवार साँझ उनीहरुलाई उर्लावारी २ सिरुझारबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उर्लावारीका ३३ वर्षिय योगेश्वर भन्ने अशोक राई र पथरीशनिश्चरे १ का कृष्ण वजगाँइलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथवाट कति गाँजा नियन्त्रणमा लिएको हो भन्ने प्रहरीले खुलाएको छैनन् । प्रहरी चौकी मंगलवारे वाट गएको गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।