धरान(डेस्क) : ईलामको सुर्योदय नगरपालिका १ स्थित श्रीखोला नजिक नगरपालिकाले ठेक्का लगाएको निमार्ण्धिन कुलोमा डुबेर एकजना कामदारको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे १२ बजेको समयमा बिर्तामोड नगरपालिका १० सैनिक मोड बस्ने ४७ वर्षीय मान बहादुर नेम्वाङ श्रीखोलामा डुबि मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी हुनासाथ सिमा प्रहरी चौकी मानेभन्ज्याङ र प्रहरी चौकी गोर्खेबाट तत्काल प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राख्नुका साथै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको अनुसन्धान टोलिले कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।