धरान(डेस्क) : खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ का नविन राईको छोरा १२ वर्षीय विजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ ।

आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका ५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र शनिबार बिहान ९ बजेको समयमा घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएका थिए ।

बालकलाई नदीले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा शनिबार दिउँसो ४ बजे घटनास्थल देखि केही तल मृत अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।